Sat. Jul 27th, 2024

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदुत पुरीको विदाई भेट

काठमाडौं, २०७६ पुष ८ गते मंगलबार ।

नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी फर्कने क्रममा राजदुत पुरीले प्रधानमन्त्री ओलीसँग विदाई भेट गर्नुभएको उहाँको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।

त्यसैगरी, नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विदाई भेट गर्नुभयो । गोरखापत्र अनलाईनका अनुसार विदाई भेटमा उहाँहरुबीच नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments