Tue. Sep 24th, 2024

अफगानिस्तानमा चाँडै “अस्थायी सरकार” गठन हुने

काठमाण्डौं, २०७८ भदौं २२ गते मंगलबार । सेप्टेम्बर ६ तारिख सोमबार तालिबानले अफगानिस्तानको राजधानी काबुलको मिडिया केन्द्रमा पत्रकार सम्मेलन आयोजना गरेको छ। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा भन्नुभयो कि अफगानिस्तानमा आन्तरिक युद्ध आधिकारिक रुपमा समाप्त भएको छ।

प्रवक्ता मुजाहिदले अफगानिस्तानमा सुरक्षा सुनिश्चित गर्नमा तालिबान केन्द्रित हुने र सशस्त्र शक्ति निकट भविष्यमा देशका सबै भागमा पठाइने भन्दै यसबाहेक, तालिबानले अवैध र आपराधिक गतिविधिमाथि नियन्त्रण गर्न थालेको बताउनुभयो। अमेरिकी सेनाले फिर्ता हुनुअघि जानिबुझिकन काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुविधाहरु नष्ट गरेको भन्दै कतार र टर्कीका टोलीहरुले अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्न सहयोग गरिरहेका बताउनुभयो। मुजाहिदले अफगानिस्तानमा जतिसक्दो चाँडो पुनर्निर्माण बढाउनका लागि “मित्र राष्ट्रहरु”ले अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न आह्वान पनि गर्नुभयो। मुजाहिदले भविष्यमा अस्थायी सरकार स्थापित हुनेछ र उहाँले दोहोर्‍याउँदै नयाँ सरकार एक समावेशी इस्लामी सरकार हुने जानकारी दिनुभयो।

भविष्यमा चीनसँग सम्बन्ध र सम्भावित सहयोगको बारेमा प्रवक्ता मुजाहिदले भन्नुभयो कि चीन एक महत्वपूर्ण शक्तिको रूपमा तालिबान आशावादी रहेको बताउनुभयो। अफगानिस्तान र चीन भविष्यमा धेरै क्षेत्रहरु र पक्षहरुमा सहयोग गर्ने कुरामा उहाँले जोड दिनुभयो। यसबाहेक, तालिबानले संसारका सबै देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने र अफगानिस्तानको अर्थव्यवस्था राम्रो बिकासको बाटोमा लाने आशा व्यक्त गर्नुभयो। सीआरआई

Facebook Comments