Tue. Sep 24th, 2024

आतङ्कवाद विरुद्धको लडाइँमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार । अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले आतङ्कवाद विरुद्धको लडाइँमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने बताउनु भएको छ । तर उहाँले तालिबानलाई “निर्दयी समूह” भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताउनु भएको छ ।

मिलीले भन्नुभयो, यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने सम्भावना रहेको छ। तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो।

योसँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ। अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ।

अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गर्नुभएको छ । अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ। बीबीसी

Facebook Comments