Sat. May 18th, 2024

भारतको नागरिकता कानुनमा मुस्लिम मुलुकको आपत्ति

काठमाडौं, २०७६ पुष ७ गते सोमबार ।

भारतमा विवादास्पद नागरिकता संशोधन कानुनबारे इस्लामिक देशहरुको गठबन्धन संस्थाले आपत्ति जनाएको छ । ‘अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ( ओआईसी)’ले विज्ञप्ति निकाल्दै त्यसप्रति आपत्ति जनाएको हो ।

भारतमा विकसित घटनाक्रमलाई आफूहरुले नियाल्दैआएको ओआईसीको विज्ञप्तिमा छ । भारतको नयाँ कानुनका कारण त्यहाँका अल्पसंख्या समुदाय प्रभावित भएको उक्त संघठनले जनाएको छ ।

यसवाहेक बाबरी मस्जिदको मुद्दा र नागरिकता अधिकारको कुरामा चिन्ता व्यक्त गरिएको हो । यस्तै भारतमा मुस्लिम र उनीहरुको धार्मिक स्थल सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Facebook Comments