Tue. Sep 24th, 2024

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिमण्डललाई पूर्णता दिनेबारे उहाँहरुबीचछलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ ।

Facebook Comments