Sat. May 4th, 2024

चिनिया राष्ट्राध्यक्ष र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

Chinese President Xi Jinping meets with President of the Republic of Korea (ROK) Moon Jae-in at the Great Hall of the People in Beijing, capital of China, Dec. 23, 2019. (Xinhua/Rao Aimin)

काठमाडौं, २०७६ पुष ७ गते सोमबार ।

चिनिया राष्ट्राध्यक्ष सी चिनफिङले डिसम्बर २३ तारिख जन बृहत्त सभा भवनमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले वर्तमान विश्वमा संरक्षणवाद, एकपक्षीयवाद तथा प्रभुत्ववाद बढ्दै गएकाले विश्वको व्यवस्थापनलाई अराजक बनाउँदै लगेको र विश्व शान्ति तथा स्थिरताका लागि धम्की सिर्जना गरेको बताउनुभएको छ। साथै दायित्वबोध मुलुकको हैसियतले चीनले सधैं नै आफ्नो विकासलाई विश्वको विकाससँग मिलाएर मानव जातिको भाग्यको समुदायको निर्माणका लागि प्रयास गर्दै आएको पनि बताउनुभएको छ।

राष्ट्रपति मुनले आठौं चीन, जापान, दक्षिण कोरिया नेतास्तरीय बैठकमा भाग लिनुभएकोमा राष्ट्राध्यक्ष सीले स्वागत गर्नुभएको छ। सीका अनुसार, एशिया एवम सारा विश्वमा प्रभावित शक्तिसहित महत्वपूर्ण मुलुकहरुमध्येको रुपमा रहेका चीन र दक्षिण कोरियाले वितेका दुई वर्षयता आफ्नो सम्बन्धको स्थिर विकासको दिशालाई कायम राख्दै आएका छन्। यी दुवै पक्षले उच्च गुणस्तरको मिलिजुली विकासलाई लक्ष्यको रुपमा लिई आपसी सम्भावित प्रभावकारी सहयोग स्तरलाई अघि उकास्न सक्छन्।

सो भेटघाटमा राष्ट्रपति मुनले, दक्षिण कोरियाले चीनसँग आपसी अर्थतन्त्र तथा व्यापार, संस्कृति, खेलकूद र वातावरणको संरक्षण, विशेष गरी बेल्ट एण्ड रोड निर्णय प्रस्ताव सम्बद्ध राजनीतिक योजना आदि क्षेत्रको सहयोगलाई विस्तार गर्ने आशा राखेको बताउनु भयो । चिनिया अन्तर्राष्ट्रिय रेडियोबाट

Facebook Comments