Tue. Sep 24th, 2024

कुलमान घिसिङद्वारा जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सेवालाई लिएर आएको जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।

बिना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेको भन्दै घिसिङ ‘एक्सन’ मा उत्रिनुभएको हो ।

सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल बैठक राखी घिसिङले गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन लगायतमा कठोर बन्न निर्देशन दिनुभएको हो ।

घिसिङले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Facebook Comments