Tue. Sep 24th, 2024

सहमतीमै बागमती प्रदेशको मन्त्रीपरिषद् परिवर्तन, पाण्डे र खनाल मन्त्री नियुक्त

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार । सहमतीमै बागमती प्रदेशको मन्त्रीपरिषद् परिवर्तन भएको छ । राजनीतिक दल फुटाउन सहज हुनेगरी सरकारले अध्यादेश जारी गरे लगत्तै त्यसको नकारात्मक असर पर्ने ठानिएको बागमती प्रदेशमा सहमतीकै आधारमा एमालेले मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा गर्न लगाई नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको हो ।

एमालेका असन्तुष्ठ वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्नै प्रक्रिया सुरु गरे लगत्तै धरापमा परेको एमालेको बागमती प्रदेश अन्ततः जोगिएको छ ।

यसैबीच बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राती नै पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नु भएको हो । उहाँहरूले बुधबारै पद तथा गोपनीयताको सपथ लिनु भएको हो ।

Facebook Comments