Tue. Sep 24th, 2024

माधव नेपाल समूहद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन

- अन्तत: नेकपा एमाले फुट्यो

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै अन्तत: नेकपा एमाले फुटेको छ ।

एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।

नेपाल समूहका सांसद मेटमणि चौधरीका अनुसार माधवकुमार नेपाल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डेलगायतका नेता निर्वाचन आयोग पुगेर दल दर्ता गरेर फर्किनुभएको हो ।

Facebook Comments