Fri. May 17th, 2024

नागरिकता कानुनको विरोधमा भारतको कानपुर, लखनऊ, मुज्जफराबादमा हिंस्रक प्रदर्शन, १४ जनाको मृत्यु

काठमाडौं, २०७६ पुष ५ गते शनिबार ।

संशोधनसहितको नागरिकता कानुनको विरोधमा भारतको विभिन्न राज्यमा शनिबार समेत प्रदर्शन भएको छ । कानुनको विरोधमा विभिन्न संघ संगठनले शनिबार संयुक्त रुपमा केन्द्रीय रेल्वे स्टेशनमा वृहत्त प्रदर्शन गरेको छ । उनीहरुले संशोधित कानुनको खारेजीको मागसहितको प्लेकार्ड र ब्यानर लिएर सडकमा उत्रिए । असम, मेघालय र पश्चिम बंगालमा पछिल्लो दुई दिनको अपेक्षा अवस्थामा सुधार आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर उत्तर प्रदेशका विभिन्न सहरमा भने शुक्रबार र शनिबार हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शन हिंस्रक भएपछि प्रहरीले भारतको उत्तर प्रदेशको विभिन्न सहरबाट तीन हजार, पश्चिम बंगालमा ६०० र दिल्लीबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकै क्रममा उत्तर प्रदेशमा ११ जनाको मृत्यु भएको छ । नागरिकता कानुनको विरोधमा प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या भने १४ पुगेको छ ।

उत्तरप्रदेशको लखनऊ, मुज्जफराबाद लगायतको स्थानमा प्रदर्शन हिंस्रक भएपछि ३८ प्रहरी घाइते भएका छन् । यसअघि बिहीबार विरोध तिब्र भएपछि राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो । भारतले नागरिकता कानुनमा संशोधन गरेपछि आसामबाट सुरु भएको विरोध प्रदर्शन अन्य राज्य हुँदै राजधानी दिल्लीसम्म पुगेको हो । अासाम, मेघालय र पश्चिम बंगालमा पछिल्लो दुई दिनको अपेक्षा अवस्थामा सुधार आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

तर उत्तर प्रदेशका विभिन्न सहरमा भने शुक्रबार र शनिबार हिंसात्मक प्रदर्शन भएको छ ।संशोधन बमोजिम अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशबाट आउने हिन्दू, जैन, बौद्ध, सिश, पारसी र इसाई समुदायले उत्पीडनमा परेको प्रमाण पेश गरे नागरिकता पाउने व्यवस्था गरिएको छ ।

कानुनमा गरिएको उक्त व्यवस्थाले अल्पसंख्यक मुस्लिम समुदायसँग विभेद गरिएको भन्दै बामपन्थी दलहरुले विरोध जनाएका हुन । बीबीसी, गोरखापत्र

Facebook Comments