Tue. Sep 24th, 2024

विश्वमा एउटा मात्रै चीन छ-चिनियाँ विदेश मन्त्रालय

काठमाण्डौं, २०७८ साउन २८ गते बिहीबार । चीनको विदेश मन्त्रालयले विश्वमा एउटा मात्र चीन रहेको बताएको छ । हालै लिथुआनियाले आफ्नो देशमा चीनको थाईवान प्रान्तलाई प्रतिनिधि कार्यालय स्थापना गर्ने अनुमति दिए लगत्तै चिनियाँ विदेश मन्त्रालयको सो भनाई सार्वजनिक भएको हो। चीन सरकारले विश्वमा एउटा मात्र चीन रहेको भन्दै लिथुआनियाको पछिल्लो कदमको कडा शब्दमा विरोध तथा निन्दा गरेको हो ।

साथै चिनियाँ विदेश मन्त्रालयले लिथुआनियास्थित चिनियाँ राजदूतलाई चीन फर्कन पनि आदेश दिएको छ। सीआरआई

Facebook Comments