Thu. Jun 11th, 2026

महामारीको प्रतिरोधमा अमेरिका पहिलो स्थानमा? थिंकट्यांकको प्रतिवेदनबाट सत्यताको भण्डाफोर

       

काठमाण्डौं, २०७८ साउन २७ गते बुधबार । विश्वमा कोभिड-१९ महामारी शिथिल नभएको अवस्थामा अमेरिकी सत्र्चार माध्यमले जथाभावी रूपमा महामारी प्रतिरोध सम्बन्धमा अमेरिका पहिलो स्थानमा रहेको नतिजा सार्वजनिक गरेका छन्।

यस सन्दर्भमा चिनियाँ जन विश्वविद्यालय अन्तर्गत छुङ याङ बैकिंग अनुसन्धानालय, थाई ह थिङ्क ट्याङ्क र हाई को थु च लगायत तीनटा थिङ्क ट्याङ्कले अगष्ट ९ तारिख पैचिङमा “अमेरिका पहिलो स्थानमा रहेको छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा प्रतिवेदन जारी गरेका छन्।

उक्त प्रतिवेदनको चिनियाँ, अंग्रेजी, फ्रान्सेली र स्पेनिश ती ४ भाषाका संस्करणमा रहेका छन्। अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यताको विषयमा यो विश्वको थिङ्क ट्याङ्कको पहिलो प्रतिवेदन हो। त्यसले विश्व सामु अमेरिकाले महामारी प्रतिरोध गर्ने सत्यतालाई भण्डाफोर गरेको छ। सीआरआई

Facebook Comments