Thu. Jun 11th, 2026

अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला पर्‍यो

       

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ। अमेरिकाको नर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्। उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः “शीप्सहेड” नामकरण गरिएको हो।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समात्नु भएको हो । “मुखभरि दाँत भएको” माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताउनु भयो ।

स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उहाँले उक्त माछा समात्न पाएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो । उहाँले त्यो माछा निकै स्वादिलो हुने पनि बताउनु भयो । बीबीसी

Facebook Comments