Thu. Jun 11th, 2026

अमेरिकाका ३६ व्यापारिक समूहद्वारा बाइडेन सरकारलाई चीनसँग पुन:वार्ता गर्न आह्वान

       

काठमाण्डौं, २०७८ साउन २५ गते सोमबार । अमेरिकाका खुद्रा विक्री व्यवसायहरु, चिप्स उत्पादकहरु, किसानहरु लगायत सबैभन्दा प्रभावकारी ३६ व्यापारिक समूहका प्रतिनिधिहरुले अगष्ट पाँच तारिख व्यापारिक प्रतिनिधि क्याथरिन ताई र वित्तीय मन्त्री ज्यानेट येलनलाई एउटा पत्र पठाएका छन्। सो पत्रमा उनीहरुले बाइडेन सरकारलाई चीनसँग पुन:वार्ता गर्न र आयातका लागि भन्सार कर घटाउन आह्वान गरेका छन्।

सो पत्रका अनुसार, सन् २०२० मा हस्ताक्षरित पहिलो चरणको व्यापारिक सम्झौतामा दिइएको महत्वपूर्ण वचनबद्धता चीनले पालना गरेको छ, तीमध्ये अमेरिकी बैंकिंग संस्थाका लागि बजार खोल्ने र अमेरिकाले चीनमा निर्यात गर्ने कृषि उपजमाथि भएको अवरोधलाई चीनले घटाएको छ। अमेरिकी सरकारले नीतिको तर्जुमा गर्दा अमेरिकी मजदूरहरुको हितबारे प्राथमिक रुपमा सोच-विचार गर्नुपर्छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read