Tue. Sep 24th, 2024

टोकियो ओलम्पिकमा ३२ वटा स्वर्णसहित चीन अग्रस्थानमा

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । जापानमा जारी रहेको टोकियो ओलम्पिक २०२० मा चीन स्वर्ण पदक विजेताको आधारमा अग्र स्थानमा रहेको छ । जारी ओलम्पिकमा चीनले अहिलेसम्म ३२ स्वर्ण जितेको छ भने दोस्रो स्थानमा रहेको अमेरिको २४ स्वर्ण रहेको छ ।

तर पदक विजयको आधारमा भने अमेरिका पहिलो र चीन दोस्रो स्थानमा रहेको छ ।

अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य जित्दै समग्रमा ६६ पदक जितेको छ भने चीनले २९ स्वर्ण, १८ रजत र १६ कास्यसहित ७३ वटा पदक जितेको छ ।

यस्तै, आयोजक जापान पदक विजेताको सूचिका तेस्रो स्थानमा रहेको छ । जापानले जारी ओलम्पिकमा १९ स्वर्ण, ६ रजत र ११ कास्यसहित ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित ३३ पदक जितेको छ ।

यस्तै १३ स्वर्ण, २१ रजत र १८ कास्य सहित ५२ पदक जितेको रसियन ओलम्पिक कमिटि पाँचौ स्थानमा रहेको छ । ग्रेट ब्रिटेन १३ स्वर्ण, १७ रजत र २३ कास्यसहित ४३ पदक जितेर छैठौ स्थानमा छ भने ८ स्वर्ण, ८ रजत र १४ कास्य जितेको जर्मनी ३० पदकसँगै पदक सूचिको सातौँ स्थानमा छ । बीबीसी

Facebook Comments