Tue. Apr 21st, 2026

आज चीनको ८१ औं सेना दिवस, चिनियाँ सेनाद्वारा विश्वको शान्ति तथा स्थिरतामा योगदान

       

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार । आज अगष्ट १ तारिख चिनियाँ जन मुक्ति सेना दिवस हो। केही वर्षयता चिनियाँ जन मुक्ति सेनाले अन्तर्राष्ट्रिय सैनिक आदानप्रदान तथा सहयोगलाई गहन पार्दै विश्वको शान्ति तथा स्थिरताका लागि योगदान दिँदै आएको देखिन्छ।

लेबनान र इजरायलबीचको आकस्मिक युद्धविराम लाइन, गृह युद्ध लगातार भैरहेको दक्षिण सुडान, कम्बोडियाकंगो (किन्शासा)लाइबेरियासाइप्रस लगायतका क्षेत्रमा चिनियाँ सुरक्षा संरक्षण सेनाले शान्तिपूर्ण माध्यमबाट विभिन्न विवादको समाधानक्षेत्रीय स्थिरताको संरक्षण र शान्ति विकासलाई साकार तुल्यानु सम्बन्धमा अझ बढी विश्वास तथा आशा सिर्जना गरेको छ।

वर्तमान महामारी विश्वव्यापी फैलिँदै गएको पृष्ठिभूमिमा चिनियाँ सेनाले आफ्नो महामारीको रोकथाम तथा नियन्त्रणलाई जोड दिएको छ। साथमा सक्रिय रुपमा अन्तर्राष्ट्रिय महामारी रोकथाम सहयोग पनि गराउँदै आएको छ। चिनियाँ सेनाले माहामरी रोकथाम सम्बन्धी उद्धार सामग्रीको प्रदानविशेषज्ञ टोली खटाउनेमहामारी रोकथाम तथा नियन्त्रण अनुभव आदानप्रदान अनलाइन बैठक आयोजना आदि धेरै माध्यमले ५० भन्दा बढी मुलुकका सैनिक सहयोग गरेको छ। सीआरआई

Facebook Comments