Sat. Dec 28th, 2024

बुद्ध एयरका दुई जहाज काठमाडौंमा आकस्मिक अवतरण

फाईल फोटो

काठमाण्डौं, २०७८ साउन ११ गते सोमबार । काठमाडौंको त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । काठमाडौंदेखि धनगढीका लागि उडेको बुद्धको एक जहाज ल्यानडिङ गिअरको प्राविधिक समस्याले गर्दा बिचबाट फर्किएर काठमाडौं अवतरण गरेको त्रिभुवन विमान स्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

ल्याडडिङ गर्दा गिअरको समस्याको कारण सुरक्षित अवतरणको लागि अहिले बेलुका ६ बजेर ३ मिनेट जाँदा अवतरण भएको उहाँले बताउनुभयो । यसैगरी, अर्को जहाज पनि साँझ ७ बजे काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि विरामीलाई काठमाडौं नै फिर्ता ल्याइएको उहाँले जानकारी दिनुभयो । यसमा जहाजको प्राविधिक समस्या नभइ यात्रूका कारण फकाईएको उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments