Mon. Sep 23rd, 2024

फोनमा जासुसी गरिएको विवरणबारे भारतले स्पष्ट पार्ने नेपाली राजदूतको आशा

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । भारतको नयाँ दिल्लीस्थित नेपालका राजदूत निलाम्बर आचार्यले फोनमार्फत आफूलाई जासुसी गरिएको भए त्यो आपत्तिजनक हुने बताउनु भएको छ ।

इजरेली कम्पनीले निर्माण गरेको पेगासस नामक स्पाइवेअरको प्रयोग गरेर भारतमा पत्रकार, अभियानकर्मी तथा राजनीतिज्ञहरूको फोनमार्फत जासुसी गरिएका विवरणका माझ दिल्लीस्थित नेपालसहित कतिपय देशका कूटनीतिज्ञ एवं राजदूतहरूको फोन समेत जासुसी गरिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए।

यसबारे भारतीय अधिकारीहरूले चाँडै नै स्पष्ट पार्लान् भन्ने आशा राजदूत आचार्यले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “त्यस्तो नहुनुपर्ने हो। तर त्यस्तो गरिएको हो भने त एकदम आपत्तिजनक हो।” “व्यापक चर्चाको विषय बनेको छ, त्यसैले आधिकारिक संस्था वा निकायबाट त्यसलाई स्पष्ट पारिएला आशा गरौँ।”

उहाँले भारतीय अधिकारीहरूसँग यसबारे आफूले अहिलेसम्म सोधपूछ नगरेको पनि बताउनु भयो । बीबीसी

Facebook Comments