Mon. Sep 23rd, 2024

जायन्ट पान्डा अब लोपोन्मुख प्रजाति नरहे पनि जोखिममै रहेको चीनको भनाइ

काठमाडौं, २०७८ असार २६ गते शनिबार । जायन्ट पान्डा अब लोपोन्मुख वर्गीकरणमा नरहेको बताउँदै चिनियाँ अधिकारीहरूले अझै जोखिममा भने रहेको बताएका छन्।

जङ्गलमा तिनीहरूको सङ्ख्या १,८०० पुगेपछि जायन्ट पान्डालाई लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो। विज्ञहरूका अनुसार चीन उक्त जनावरलाई वासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो।

चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ र आफ्नो कूटनीतिक अस्त्रका रूपमा समेत प्रयोग गर्ने गर्छ। पछिल्लो वर्गीकरणले “तिनीहरूको सुधारिएको जीवन अवस्था र उनीहरूको वासस्थान एकीकृत” राखेको प्रतिबिम्बित हुने जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले एक पत्रकार सम्मेलनमा बताउनु भयो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै उक्त जनावरलाई सङ्कटापन्न सूचीबाट हटाएर “जोखिमयुक्त” सूचीमा सारेको थियो।

त्यस बेला चिनियाँ अधिकारीहरूले त्यस्तो निर्णयले संरक्षण प्रयासहरू कमजोर पार्न सकिने भन्ने जसरी गलत बुझ्न सक्ने भन्दै असहमति राखेका थिए।

चीनले भने त्यसको पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो। चीनको वातावरण मन्त्रालयले यो साता गरेको घोषणा पहिलोपटक उसको सङ्कटापन्न सूचीमा गरिएको सुधार हो।

चीनले पनि स्वीट्जरल्यान्डमा रहेको आइयूसीएनकै जस्तो मापदण्डहरू पछ्याइएको छ। बिबिसी

Facebook Comments