Thu. Apr 23rd, 2026

सीपीसीको सतवार्षिकी मनाउन एशिया प्रशान्त ब्रोडकास्टिङ युनियन र एशियाली मुलुकका सञ्चार माध्यमद्वारा चाइना मिडिया ग्रुपलाई बधाई सन्देश

       

काठमाडौं, २०७८ असार २० गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी मनाउनका लागि एशिया प्रशान्त ब्रोडकास्टिङ युनियन र धेरै एशियाली मुलुकका सञ्चार माध्यमहरूका जिम्मेवार व्यक्तिहरूले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङलाई बधाई सन्देश पठाउँदै चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौँ वार्षिकोत्सव विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चीनले प्राप्त गरेको महान उपलब्धिको उच्च प्रशंसा गरेका छन्।

आगामी दिनहरूमा चाइना मिडिया ग्रुपसँग चौतर्फी रूपमा सहकार्य चलाउँदै जाने आशा पनि उनीहरूले गरेका छन्। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले ती मिडिया र संगठनलाई बेग्लाबेग्लै जवाफी चिट्ठी पठाएर धन्यवाद ज्ञापन गर्नुभएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार