Tue. Dec 24th, 2024

“जुलाई १ पदक” पाउँने भाग्यमानी चिनियाँ बहादुरहरुको गाथा

काठमाडौं, २०७८ असार १८ गते शुक्रबार । चीनमा “जुलाई १ पदक”को वितरण समारोह जुन २९ तारिखका दिन चीनको राजधानी पैचिङस्थित जन बृहत सभा भवनमा भव्यताका साथ आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले त्यसको केन्द्रीय समितिको नाउँमा पार्टीका लागि वरिष्ठ योगदान पुर्‍याएका र मूल्यवान आध्यात्मिक सम्पति कमाएका पार्टीका सदस्यहरुलाई “जुलाई १ पदक” पार्टीभित्रको सर्वोच्च इज्जतको वितरण गरेको यो पहिलो पटक हो।

 

चिनियाँ कम्युनिष्ट पार्टीका २९ सदस्यले यो इज्जत प्राप्त गर्नुभएको छ। उहाँहरु विभिन्न कार्यमा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ प्रतिनिधि हुनुहुन्छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सो समारोहलाई सम्बोधन गर्दै “जुलाई १ पदक”का सम्पूर्ण विजेताहरु चीनका सर्वसाधारण बहादुर भएको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ युगको अगुवा र राष्ट्रिय मेरुदण्ड हुनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

यहाँ हामी जुलाई १ पदक प्राप्त गर्नुहुने केही महानुभावहरुको बारेमा संक्षेपमा चर्चा गर्दैछौं ।

पठारभूमिका जीवनरक्षक चिकित्सक-वु थ्यान यी

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा “जुलाई १ पदक” वितरण समारोह जुन २९ तारिख पैचिङस्थित जन बृहत् सभा भवनमा भव्यताका साथ आयोजित भएको छ। यसप्रकारको पदक वितरण गरिएको पहिलो पटक हो। विभिन्न क्षेत्रका जम्मा २९जना उत्कृष्ट व्यक्तिहरूले उक्त पटक पाएका छन्।

कजाख जातीय वु थ्यानयी सिन्च्याङ युगुर स्वायत्त प्रदेश यी ली क्षेत्रमा जन्मिनुभएको हो। सन् १९८२ मेदेखि उहाँ चिनियाँ कम्युनिष्ट पार्टीमा सहभागी हुनुभयो। पचास वर्षभन्दा लामो समयमा उहाँले पठारभूमि सम्बन्धी चिकित्सा अनुसन्धान गरेर रोगको रोकथाम तथा उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड प्रस्तुत गर्नुका साथै “तिब्बती अनुकूलन फिजियोलजी”को अनुसन्धान सुरू गरी दशौं हजार तिब्बती सर्वसाधारणको उपचार गर्नुभएको छ। छिङहाई-तिब्बत रेलवेको निर्माणका क्रममा उहाँको नेतृत्वमा पठारभूमि रोग रोकथाम र आपत्कालीन उपचारसम्बन्धी अनेकन कदम प्रस्तुत भयो। जसबाट रेलवेका निर्माण कामदारहरूमध्ये पठारभूमिमा रोगका कारणले कसैले पनि ज्यान गुमाउनुपरेन। उहाँ जीवनको रक्षक मानिनुभएको छ।

“जुलाई १ पदक” विजेता ह्वान ता फा

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको स्वीकृतिमा “जुलाई १ पदक” समारोह २९ तारिखको बिहान १० बजे जन बृहत् सभा भवनमा आयोजित भयो।

यो वर्ष पहिलो पटक हो कि “जुलाई १ पदक” प्रदान गरिएको छ, र “जुलाई १ पदक”का लागि कुल २९ जनाको छनोट भएको थियो। ह्वान ता फा ती मध्ये एक हुनुहुन्छ। क्वी चौ चुन यीका स्थानीय ह्वान ता फा सन् १९५९ को नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीमा सहभागी हुनुभएको थियो। उहाँले ३६ वर्षको अवधिमा गाउँलेहरुलाई नेतृत्व गर्दै चट्टानमा ७२०० मिटर लामो मुख्य नहर र २२०० मिटर लामो शाखा नहरको “जीवन नहर” खन्नु भएको थियो।

पहाडी क्षेत्रका जनताको पानीको प्रयोग अवस्था सुधार गर्न र गरिबी निवारण तथा समृद्धिको अनुभूति गराउन ठूलो योगदान पुर्‍याउनुभयो। उहाँ एक मोडल हुनुहुन्छ।

जुलाई १ पदक प्राप्तकर्ता ल्यू क्वी चीनको कथा

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले २९ जना वरिष्ठ पार्टी सदस्यलाई सर्वोच्च सम्मान अर्थात् ‘जुलाई १ पदक’प्रदान गरेको छ। ल्यू क्वी चीन उहाँहरूमध्येका एक हुनुहुन्छ।

ल्यू क्वी चीनको जन्मस्थल चीनको शान तुङ प्रान्त हो। उहाँले सन् १९७१ को अगस्ट महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो। उहाँले चीन र अफ्रिकाबीचको परराष्ट्र मामिलामा ठूलो योगदान दिनुभएको छ। उहाँले अफ्रिकामा रहेर चालिस वर्षसम्म काम गर्नुभएको थियो। उहाँ चीन सरकारको पहिलो अफ्रिका मामिला प्रतिनिधि हुनुहुन्छ।

‘जुलाई १ पदक’प्राप्तकर्ता-थिङ बाथल

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले ‘जुलाई १ पदक’ वितरण समारोहको आयोजना गरी २९ जना पार्टी सदस्यलाई पदक वितरण गरेको छ। थिङ बाथल उनीहरूमध्येका एक हुनुहुन्छ।

मङ्गोलियाली जातिका थिङ बाथल चीनको भित्री मङ्गोलियाको हुहहाउथ सहरमा जन्मनु भएको हो। उहाँले सन् १९७६ को नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो। उहाँले‘पशुपालकका लागि सुखमय जीवन बिताउने’विचार लिएर पशुपालन क्षेत्रमा ५०वर्षदेखि काम गर्दै पर्यावरणको संरक्षण, आर्थिक विकास, पशुपालकको आमदानी वृद्धि गर्ने तरिकाको सिर्जना गरी स्थानीय पशुपालकको जीवनमा सुधार ल्याउनुभएको छ।

जुलाई १ पदक पाएका सीमा रक्षक जोगाको कथा

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले २९ जना वरिष्ठ पार्टी सदस्यलाई सर्वोच्च सम्मान अर्थात् ‘जुलाई १ पदक’ प्रदान गरेको छ। सीमा रक्षक जोगा उहाँहरूमध्येका एक हुनुहुन्छ।

तिब्बती जोगा सन् १९९६को जुलाईमा पार्टी सदस्य बन्नुभएको थियो। देश प्रेम र सीमा रक्षा गर्ने भावनाको बिँडो थामिरहनुभएको जोगाले दशौँ वर्षसम्म सीमामा पशुपालन र गश्ती गर्ने तरिकामार्फत हजारौँ वर्ग किलोमिटरको मातृभूमिको संरक्षण गर्नुभएको छ। कठिन भए तापनि मातृभूमिको प्रति इन्च भूभागको संरक्षण गर्ने आफ्नो कर्तव्य तथा दायित्वको पालना गर्नुभएको छ। यसअघि उहाँले मार्च ८ लाल झण्डा पेससेटर तथा युगको नमूनालगायत मानद उपाधि पनि प्राप्त गर्नुभएको छ। सीआरआई

Facebook Comments