Sun. Sep 22nd, 2024

सार्वजनिक यातायात आजदेखि जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन हुने

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । बैशाख १६ गतेदेखि कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा बन्द रहेको सार्वजनिक यातायात आजदेखि जोर-बिजोर प्रणालीका आधारमा चल्ने भएका छन् । सोमबार काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर-बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको हो ।

यसअघि पसल खुला गरिएको थियो तर सवारी साधनमा भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । २५ सिट क्षमताभन्दा कमका साना सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी निषेध आदेशअनुसार सार्वजनिक सवारी साधनहरू बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ । उपत्यकामा निषेधाज्ञा थप एक साता थप भएको छ । खाद्यान्न पसल साँझ ६ः०० बजेसम्म खोल्न पाइनेछ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।

 

Facebook Comments