Sat. Jun 20th, 2026

चित्रमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको प्रदर्शनी

       

काठमाडौं, २०७८ असार १० गते बिहीबार । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको शतवार्षिकोत्सव मनाउनका लागि चाइना मिडिया ग्रुप र चीनको राष्ट्रिय संग्रहालयले आयोजना गरेको “चित्रमा युगको प्रशंसा-चित्रहरूमा उल्लेख गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको प्रदर्शनी” शुरु भएको छ।

चाइना मिडिया ग्रुपका निर्देशक शन हाईस्युङ, चीनको राष्ट्रिय संग्रहालयका निर्देशक वाङ छुनफाआदि अधिकारीहरूले उक्त प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी फड्को मार्ने विकास गरेको कुरा बताउनुभयो।

चिनियाँ चित्रकारहरूले चिनियाँ कम्युनिष्ट पार्टीको विशाल ऐतिहासिक प्रक्रिया, एक सय वर्षको ठूलो परिवर्तन, चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षको इतिहास लगायतबारे उल्लेख गरेका छन्। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार