Wed. Jun 10th, 2026

तिब्बतको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा खुलेन : जोखिम कायमै

       

काठमाडौं, २०७८ असार ६ गते आईतबार । तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा खुलेको छैन । रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि हिजो दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाउने प्रयास गरिरहेको छ ।

सीमित रुपमा पहिरो हटाएर थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको छ।

जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम रहेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

शुक्रवारदेखि थुनिएको नदी पूर्ण रुपमा नखुलेपछि तामाकोशी नदी आसपासमा बसोबास गर्ने स्थानीयमा जोखिम कायमै रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । उज्यालो अनलाईन

Facebook Comments