Thu. Dec 26th, 2024

मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक

काठमाडौं, २०७८ असार ५ गते शनिबार । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारण बारे आज सूचना निकालेर जानकारी गराएको हो ।

वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत सूचनामार्फत आग्रह गरिएको छ । उज्यालो अनलाईन

Facebook Comments