Mon. Apr 20th, 2026

गरिब राष्ट्रलाई १ अर्ब डोज कोभिड खोप उपलब्ध गराउन जी-७ का नेताहरू सहमत

       

काठमाडौं, २०७८ जेठ ३० गते आईतबार । धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताउनु भएको छ ।

ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन्। उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ।

“विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो,” जोनसनले भन्नुभयो।

पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै “विश्वकै सबैभन्दा लोकप्रिय खोप” भन्नुभयो।

लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई “उदारतापूर्ण कार्य” को सङ्ज्ञा दिनुभयो।

उहाँले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताउनु भयो। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार