Sun. Sep 22nd, 2024

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

- गण्डकी प्रदेशमा कम्युनिष्ट सत्ता पल्टियो

काठमाडौं, २०७८ जेठ २९ गते शनिबार । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजै संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो ।

मुख्यमन्त्री नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Facebook Comments