Wed. Mar 19th, 2025 12:27:31

चीनका राष्ट्राध्यक्ष सीद्वारा छिङहाई प्रान्तको निरीक्षण भ्रमण सुरु

काठमाडौं, २०७८ जेठ २५ गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७ तारिख सोमबारदेखि छिङहाई प्रान्तको निरीक्षण भ्रमण थाल्नुभएको छ। त्यसै दिन दिउँसो उहाँ छिङहाई प्रान्तको सदरमुकाम सिनिङ शहरमा अवस्थित छिङहाई शङ युआन गलैंचा दल लिमिटेड कम्पनी पुग्नुभयो।

त्यस क्रममा उहाँले तत्स्थानका व्यवसायीहरूले स्थानीय कच्चा स्रोतको श्रेष्ठतामा भर परेर उत्पादित वस्तुको प्रतिस्पर्धात्मक शक्तिलाई उकासी सर्वसाधारणको रोजगारलाई अघि बढाएको अवस्थाबारे जानकारी लिनुभएको छ।

त्यसपछि सी चिनफिङले वन ह्रै रोडको वन थिङ गल्लीको आबास क्षेत्र पुगेर आधारभूत तहको पार्टी स्थापना गर्ने, आधारभूत तहको व्यवस्थापनलाई पूर्णता दिलाउने र जातीय एकता तथा प्रगति आदि अवस्थाको पनि अवलोकन गर्नुभएको छ। सीआरआई

Facebook Comments