Sun. May 31st, 2026

आफ्नै देशको माटो राम्रो(गजल)

- तिला लेकाली

       

काठमाडौं, २०७८ जेठ २४ गते सोमबार ।

-तिला लेकाली  

कोदो मकै फले पनि आफ्नै देशको माटो राम्रो
सगरमाथा पुर्याउने नागबेली बाटो राम्रो

छिमेकिको बारीभरि सुनै सुन फले पनि
पसिनाले भिजाएको मेरै खेतको पाटो राम्रो

स्वाभिमान गुमाएर परातन्त्र बाँच्नु भन्दा
पेट्रोल ग्याँस नपाएर चुलिएको घाटो राम्रो

दार्जिलिङ, नैनिताल, नालापानी हाम्रै थिए
मोदी काका कोट्याउँदैछन् नबसेको खाटो राम्रो

रास्ट्रसंघमा उल्लेख छ छिमेकमा अहस्तक्षेप
जानीजानी किन पार्छौ एकअर्कामा फाटो राम्रो ??

Facebook Comments