Tue. Apr 21st, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको बाल्यकालको कथा

       

काठमाडौं, २०७८ जेठ १९ गते बुधबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बाल्यकाल सरल तरिकाले बिताउनुभयो। सन् २००३ मा अन्तर्वार्ता दिँदै उहाँले भन्नुभयो-हामीले लगाएका लुगा धेरैपटक मर्मत गर्नुका साथै दाजु-दिदीको लुगा लगाउनुपर्थ्यो। सी चिनफिङका चारजना दिदी र दुईजना दाजु हुनुहुन्थ्यो । त्यसैले उहाँ दिदीको लुगा लगाउनु हुन्थ्यो। उहाँका अनुसार, केटीको लुगा मन पर्दैनथ्यो तर लगाउनुपर्थ्यो।

सन् २०१४ मे ३० तारिख सी चिनफिङ पैचिङस्थित एउटा स्कुलको भ्रमणमा जानुभयो। उहाँले विद्यार्थीहरूसँग युवा अग्रगामीहरूमा प्राप्त अनुभव बाँड्नुभयो-“म सन् १९५९ मा स्कुलमा भर्ना भएँ तर उमेर कम भएको हुनाले त्यो वर्ष युवा अग्रगामीमा सहभागी हुन पाइँन र सन् १९६० मा भाग लिएँ। पहिलो समूहमा सहभागी हुन नपाउँदा दुःख लाग्यो र म रोएँ।”

सन् २०१६ सेप्टेम्बर ९ तारिख सी चिनफिङ आफूले पढेको माध्यमिक विद्यालयमा फेरि जानुभयो। सो समयमा फुटबल खेल्ने विद्यार्थीहरुसँग उहाँले खेलकुदको महत्वपूर्ण भूमिका बारेमा जोड दिनुभयो।

सन् २०१७ फेब्रुअरी २४ तारिख सी चिनफिङ पैचिङस्थित वुखसोङ खेलकुद केन्द्रको भ्रमण गर्दै बाल्यकालमा चिप्लेटी खेलेको अनुभव बाँड्नुभयो। सीआरआई

Facebook Comments