Thu. Dec 26th, 2024

राष्ट्रपति भण्डारीबाट तीनवटा आर्थिक अध्यादेश जारी

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीनवटा अध्यादेश जारी गर्नुभएको छ ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले ती तीन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । यी अध्यादेश जारी भएसँग आज अर्थमन्त्रीले वजेट सार्वजनिक गर्न मार्ग प्रशस्त भएको छ ।

यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय, सिंहदरवारबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहनु भएको छ ।

 

Facebook Comments