Tue. Dec 24th, 2024

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएकाे पुष्टि

काठमाडौं, २०७८ जेठ ४ गते मंगलबार । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएकाे पुष्टि भएकाे छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जानकारी उक्त दिएको हो । देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि  भएकाे मन्त्रालयले  जानकारी दिएको छ ।

यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई अनुरोध गरेको छ ।

Facebook Comments