Mon. Apr 20th, 2026

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु

       

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार । सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो। उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि जानुभएको थियो। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा हुनुहुन्थ्यो, उहाँले साउथ समिटमा अन्तिम सास फेर्नुभएको हो ।

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उहाँ हिलारी स्टेपसम्ममात्र पुग्न सक्नुभएको थियो । त्यहाँबाट फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ। रे न्यूज डेली

 

Facebook Comments

सम्बन्धित समाचार