Sat. Sep 21st, 2024

एमालेका नेता पशुपति चौलागाईको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, २०७८ बैशाक २९ गते बुधबार । नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीका अनुसार चौलागाई को मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।

चौलागाई गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वाग्मती अञ्चल सदस्य, सह-इन्चार्ज, इन्चार्ज बन्नुभएको थियो ।

Facebook Comments