Sat. Sep 21st, 2024

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिकाे प्रतिबन्ध जेठ १७ सम्म लम्बियाे

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलवार एक सूचना निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे ।  भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने सूचनामा बताइएकाे छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा सङ्क्रमण बढ्दै गएपछि यसलाई लम्ब्याएर जेठ १७ सम्म पुर्‍याइएको हो ।

प्रतिबन्धकै अवधिमा एअरलाइन्सहरूले स्वास्थ्य सामग्री उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् । प्राधिकरणले प्रतिबन्ध लम्बिएकाेबारे वायु सेवा कम्पनीलाई जानकारी गराएकाे छ । उज्यालो अनलाईन

Facebook Comments