जसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने, तटस्थ बस्ने
- जसपाले ओलीलाई विश्वासको मत नदिने
काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ।
यसअघि जसपाका नेता ठाकुरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुभएको थियो । भेटबारे कुरा गर्दै जसपाका नेता राजेन्द्र महताेले भन्नुभयाे हाम्रो सबै माग पूरा भएको छैन । त्यस्तैले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदैनौ । कांग्रेस नेतृत्वको सरकारलाई पनि समर्थन गर्दैनौ । हामी तटस्थ भएर बस्छौ ।
भोलि वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने भएसँगै आज प्रतिपक्षी दलहरुबीचको भेटवार्ताले तीव्रता पाएको हो । वैशाख २६ गते पनि काँग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नलाने संकेत गरेको थियो । गोरखापत्र अनलाईन