Sat. Sep 21st, 2024

जग्गा किनबेच रोकियो !

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । निषेधाज्ञाभर जग्गा खरिद तथा बिक्री कारोबार गर्न नमिल्ने भएको छ । निषेधाज्ञाभर सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएकाले जग्गा खरिदबिक्री गर्न नमिल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

‘मालपोत कार्यालयहरूमा प्रगति प्रतिवेदन तयार गर्ने, छुटेका विवरण राख्नेलगायत आन्तरिक काम मात्र भइरहेका छन्,’ उनले भने । मालपोत कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिले संक्रमणको जोखिम निम्त्याउन सक्ने भएकाले निषेधाज्ञाभर बाह्य सेवा बन्द गरिएको उहाँको भनाइ छ ।

यसकै लागि विभागले मालपोत कार्यालयमा हुने सेवाग्राहीको उपस्थितिलाई कम गर्न अनलाइनमा आधारित ‘भू-सेवा केन्द्र’ अर्थात् पब्लिक एक्सेस मोडल पाम सञ्चालनमा आएको एक वर्ष  पूरा भइसकेको खवर कान्तिपुरले लेखेको छ ।

Facebook Comments