Sat. Sep 21st, 2024

एकै दिन ७ हजार २११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज पीसीआर विधिबाट १६ हजार १६७ जनाको परीक्षण गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै एकैदिन २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ४७७ जनाको आइसियुमा र १३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । हिजो मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

Facebook Comments