Sat. Sep 21st, 2024

आणविक फोहर पानी समुद्रमा फ्याँक्ने जापानको दक्षिण कोरियालीद्वारा विरोध

काठमाडौं, २०७८ बैशाक १७ गते शुक्रबार । दक्षिण कोरियाको योन्हाप समाचार समितले जनाएअनुसार दक्षिण कोरियाली नागरिक समूहले एक विज्ञप्ति जारी गर्दै जापानी सरकारले आणविक उर्जा संयन्त्रको फोहोर पानी समुद्रमा छोड्ने जापानी सरकारको निर्णयको निन्दा गरेको छ।

जापानी सरकारको निर्णयलाई आणविक आतंकवादी गतिविधिका रूपमा परिभाषित पनि उनीहरूले गरेका छन्। जापानी सरकारले ढल निकासको निर्णयले समुद्री फोहोरलाई पातलो पार्ने छ। समुद्रमा प्रवेश गर्ने रेडियोधर्मी पदार्थहरूको कुल मात्रा अपरिवर्तित छ। यसले समुद्री इकोसिस्टम र मानवहरूमा समेत अपूरणीय प्रकोपहरू ल्याउनेछ। सीआरआई

Facebook Comments