Sat. Sep 21st, 2024

कोरोना संक्रमण बढेसँगै सूचना विभाग पनि बन्द

काठमाडौं, २०७८ बैशाक १७ गते शुक्रबार । सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो ।

विभागकासँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको जनाएको छ ।

Facebook Comments