Tue. Jul 28th, 2026

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्युहुनेहरुको संख्या चार लाख भन्दा धेरै

       

काठमाडौं, २०७८ बैशाक १७ गते शुक्रबार । ब्राजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ। यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो। त्यहाँ स्वास्थ्य संस्थाहरू चर्को दबावमा छन् र खोप अभियानमा पनि ढिलाइ भइरहेका छन्। गत एक दिनमा ब्राजिलमा थप तीन हजार मानिसको ज्यान गएको बताइएको छ। एप्रिल महिनाको सुरुमा दैनिक मृत्यु चार हजार नाघेको थियो।

त्यहाँ बितेको दुई सातायता सङ्क्रमणमा थोरै कमी आए पनि विज्ञहरूले मृत्युको सङ्ख्या अझै केही महिना उच्च रहने बताएका छन्। त्यहाँ थप सङ्क्रामक ठानिएका भेरिअन्टहरूका कारण अनि संयोजित राष्ट्रिय उपायहरूको अभावमा महामारी निकै फैलिएको थियो। कतिपय क्षेत्रमा बिस्तारै स्थिति सुध्रँदै गरेको देखिन्छ। स्वास्थ्य प्रणाली ध्वस्त हुने सँघारमा पुगेका कतिपय त्यस्ता क्षेत्रमा राज्य तथा नगर अधिकारीहरूले बन्देज लगाएका थिए। तर ती बन्देज खुकुलो पार्न थालिसकिएको छ। एक तिहाइभन्दा धेरै राज्यमा सघन उपचार कक्षका शय्याहरू अझै पनि ९० प्रतिशत भरिएका छन्। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read