Sat. Sep 21st, 2024

थाइवान कार्ड प्रयोग गर्नुको अर्थ आगोसँग खेल्नुजस्तै भएको चिनियाँ परराष्ट्रमन्त्री वाङ् यीको चेतावनी

काठमाडौं, २०७८ बैशाक १४ गते मंगलबार । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले वाशिङ्टनले पैचिंगसँग सहकार्य गर्नका लागि सही बाटो नपछ्याएसम्म चीन-अमेरिकाबीचको मतभिन्नता यथावत् रहने बताउनुभएको छ। साथै उहाँले थाइवान कार्ड प्रयोग गर्नु भनेको आगोसँग खेल्नु बराबर भएको भनि चेतावनी दिनुभएको छ।

बाइडेन प्रशासनले चीनको विकासलाई वस्तुगत तथा तार्किक रूपमा हेर्ने र शान्तिपूर्ण सहअस्तित्व तथा साझा जीतको सहकार्यको अपेक्षा गरेको परराष्ट्रमन्त्री वाङले बताउनुभयो।

अमेरिकी वैदेशिक मामिलासम्बन्धी अमेरिकी विचार समूह परिषदसँगको भिडियो कन्फ्रेन्समा परराष्ट्रमन्त्री वाङले शुक्रबार यस्तो धारणा व्यक्त गर्नुभएको वाशिङ्टन पोस्टले लेखेको छ।

उहाँले भन्नुभयो, ‘सही पहुँचका साथ चीन-अमेरिका सम्बन्धलाई बलियो बनाउनका लागि सम्पर्कलाई सुदृढ बनाउनुपर्छ, सहकार्यलाई गहिर्याउनुपर्छ, भिन्नताहरूलाई खुम्च्याउनुपर्छ, रस्साकस्सीलाई परै राख्नुपर्छ।’ सीआरआई

Facebook Comments