Sat. Sep 21st, 2024

थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

Ministry-of-Health

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । आज देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय पिसीआर परिक्षण गर्दा ३ हजार ४ सय ४२ र ८ सय ९३ एन्टीजेन परिक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३, भक्तपुरमा १ सय २२ सहित काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

आज कोरोना सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ ।

हाल देशभर २२ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेका छन् जसमध्ये २ सय ६८ जनाको आइसियु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट आज ३ सय ७८ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।

Facebook Comments