Sat. Sep 21st, 2024

सर्वोच्चले माधव नेपाल लगायतका नेताकाे कारवाही रोक्न अन्तरिम आदेश दिएन

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निर्वाचन आयोग, केपी ओली, सभामुख, संघीय संसद सचिवालय र ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन सोमबार आदेश गरेको हो । पार्टीले कारबाही गरी नसकेकाले अन्तरिम आदेश दिन आवश्यक नभएको सर्वोच्चको आदेशमा लेखिएको छ ।

Facebook Comments