Fri. Sep 20th, 2024

यूएनका मानवअधिकार पदाधिकारीलाई सिनच्याङको भ्रमण गर्न चीनको निम्तो

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार संयुक्त राष्ट्र संघ अन्तर्गत मानवअधिकार उच्चस्तरिय पदाधिकारीलाई सिनच्याङको भ्रमण गर्न चीनले निमन्त्रणा दिएको छ। चीनले केही समयअघि नै मानवअधिकार पदाधिकारीलाई सिनच्याङ्को भ्रमण गर्ने निमन्त्रणा दिइसकेको र आपसी घनिष्ट सम्पर्क राखिरहेको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले मार्च २९ तारिख आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

हालै संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले चीनसँग सिन्च्याङबारे परामर्श गरिरहेको बताउनुभएको थियो। यसबारे जानकारी दिँदै प्रवक्ता चाउले भन्नुभयो, ‘सिन्च्याङको ढोका संधै नै खुला छ।’ उहाँले भ्रमणको उद्देश्य आदानप्रदान तथा सहयोगको प्रवर्द्धन हो बरू अपराधको कथित जाँच होइन भन्दै प्रवक्ता चाउले अगाडि भन्नुभएको छ, ‘यस सम्बन्धि राजनैतिक हेरफेरको प्रयोग गर्दै चीनमाथि दबाव दिने गतिविधिको पनि हामीले विरोध गर्दछौं।’ सीआरआई

Facebook Comments