Fri. Sep 20th, 2024

माधव नेपाल निकट नेताहरुको एकै स्वर: ‘केपी ओलीको निर्णय मान्दैनौ ‘

काठमाडौं, २०७७ चैत १० गते मंगलबार नेकपा एमालेका वरिष्ठ नेता नेपाल समुह निकट शीर्षस्थ नेताहरुले केपी ओलीको निर्णय मान्न नसकिने बताएका छन् । सर्वोच्चले नेकपा एमालेलाई यथावत् स्थितीमा फर्काईदिएपनि अध्यक्ष अ‍ोलीसँग असन्तुष्ट उनीहरुले निर्णय मान्न नसकिने विषय पटकपटक दोहोर्याएका हुन् ।

आज नेपाल निकट विद्यार्थी संगठनको भेलामा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो,  ‘ओलीले सोधेको स्पष्टीकरणबाट हामी आतिएका छैनौं, कसैले माधव नेपाल अलमल र द्धिविधामा पर्यो पनि भने तर म कदापी अलमलिएको छैन, द्विविधमा छैन’।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेल दुई दिनको चुरीफुरी देखाएको तर सडकमा आएपछि उनको हावा खुस्कने नेपालको भनाई थियो । आफ्ना कारण पार्टी नफुट्ने तर ओलीका कारण पार्टी फुट्ने बताउँदैँ आफूहरु ७७ जिल्लामा जाने र संगठन निर्माण गर्ने समेत बताउनुभयो । उनले प्रधानमन्त्री ओलीमा व्यक्तिवादी चारित्र हावी भएको र व्यक्तिलाई केन्द्र भागमा राखेर चल्ने गरेको नेपालको भनाई छ ।

कार्यक्रममा बोल्दै नेता भीम रावलले अवैध रुपमा गरेको केपी ओलीको निर्णय नमान्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूखुशी निर्णय गर्ने अनि केन्द्रीय कमिटीको निर्णय भनि नाम दिने, त्यस्तो अवैध निर्णय हामी मान्न तयार छैनौं ।’ पार्टीमा प्रधानमन्त्री ओलीको मनोमानी चरम विन्दुमा पुगेको भन्दै उहाँले कारवाहीको भागिदार ओली भएको बताउनुभयो।

उहाँले भन्नभुयो, ‘जुन व्यक्तिले पार्टीको विधि विधान मिचेर केन्द्रीय कमिटीमा मान्छे थप्ने, पार्टीका पुराना इमान्दार व्यक्तिलाई पादाधिकारीबाट नै निष्कासन गर्ने, विधानमै नभएको महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने, नेकपा एमालेको सदस्य नै नभएका व्यक्तिलाई केन्द्रीय कमिटीमा ल्याउने जस्ता पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको फैसला विरुद्ध निर्णय गर्ने ’उहाँले थप्नुभयो , ‘अनि हामीलाई भन्ने तपाईहरुले अनुशासनको पालना गर्नुभएन, केन्द्रीय कमिटीमा आउनु भएन भन्दै स्पष्टीकरण सोध्ने भन्दा लाज लागेन ओली जीलाई ।’

ओलीले स्पष्टीकरण सोधेको प्रति उनले प्रतिउत्तर दिए, ‘हामीलाई स्पष्टीकरण सोध्ने होइन ओलीजी, तपाईले संसद विघटन किन गर्नुभयो, आफ्नो विधान मिचेर मनपर्दी किन गर्नुभयो भनि नेपाली जनताले सोधेको प्रश्नको जवाफ दिनुपर्छ ।’

त्यस्तै, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले देशमा देशमा एक पटक फेरि तानाशाही प्रवृत्ति र निरकुंशताले टाउको उठाउन खोजेको बताउनुभयो ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई लक्षित गर्दै ,‘देशमा जब जब संकट आउँछ, निरकुंशताले टाउको उठाउँछ, तानाशाही प्रवृत्ति देखिन्छ। त्यसबेलामा अनेरास्ववियू अगाडी आउँछ ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले ओलीले बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेको स्मरण गर्नुभयो। गणतन्त्रका लागि अनेरास्ववियुले झण्डा बोकेर सडकमा उभिँदा केपी ओली बयलगाडा चढेर अमेरिका पुगिँदैन भनिरहेका थिएु, उनले भने, बयलगाडा चढेर अमेरिका जान सकिँदैन भन्ने ओली नै अहिले आफूलाई गणतन्त्रको नायक मै हो भन्न थाल्नुभएको रे न्यूज डेलीले समाचार लेखेको छ ।

Facebook Comments