Fri. Sep 20th, 2024

चीन र अमेरिकाबीचको वार्तामा विश्वको ध्यान

काठमाडौं, २०७७ चैत ७ गते शनिबार मार्च १९ तारिख दुई दिने चीन-अमेरिका उच्च रणनैतिक वार्ता अमेरिकाको एनकोरेज शहरमा सम्पन्न भयो। जोसेफ बाइडेन अमेरिकी राष्ट्रपतिमा आसीन भए यता चीन र अमेरिकाका उच्च अधिकारीहरूबीच भेट-वार्ता भएको यो पहिलो पटक हो। सो वार्तामा चीन र अमेरिकाले आ-आफ्नो आन्तरिक तथा बाहिरी राजनीति, दुवै देशबीचको सम्बन्ध र संयुक्तरूपमा ध्यान दिएका अन्तर्राष्ट्रिय मामिलाबारे वास्तविक तथा गहन रूपमा वैचारिक आदान-प्रदान गरेका छन्। सो वार्तामार्फत यी दुवै मुलुकले पारस्परिक साझेदारीलाई घनिष्ट बनाउनुका साथै दुवै पक्षले केही मामिलामा महत्वपूर्ण मतभेद पनि थाती राखेका छन्।

पहिलो उक्त वार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको शासन पक्ष तथा प्रणालीको संरक्षणमाथि कसैले पनि कुनै क्षति पुर्याउन नसक्ने भनेर थाइवान, हङकङ, सिनच्याङ र तिब्बतबारेको कुरा चीनको आन्तरिक मामिला रहेका कारण कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नसक्ने कुरा चीनले स्पष्ट पारेको छ।

दोस्रो यी दुवै देशबीचको महत्वपूर्ण मतभेद रहे तापनि अमेरिकासँगको व्यावहारिक सहकार्य गर्न सक्ने क्षेत्र खोज्न चीन सधैं नै प्रयास गर्दै जाने छ। यसबाट यी दुई मुलुक तथा विश्वको हितका लागि चीनले जिम्मेवारी वहन गरेको देखिन्छ।

तेस्रो चीनले ठूलो मुलुकहरूसँगको सम्बन्ध कसरी विकास गर्ने भन्ने विषयबारे स्पष्ट रूपमा विचार दिनुका साथै वास्तविक बहुपक्षीयतावादप्रतिको अडानलाई पालना गर्दै जाने अठोट देखाएको छ। सीआरआई

Facebook Comments