Mon. Apr 20th, 2026

४० वर्षदेखि भारतमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिना कारागारमुक्त

       

काठमाडौं, २०७७ चैत ७ गते शनिबार  कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उहाँलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।

नेपालबाट उहाँका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार