Fri. Sep 20th, 2024

आज एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, बामदेव गौतम पनि सहभागी हुने

काठमाडौं, २०७७ चैत ७ गते शनिबार नेकपा (एमाले) ले  आज शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ । आजको बैठकमा सो प्रस्ताव छलफलका लागि पेश हुने भट्टराईले बताउनुभयो ।

उहाँकाअनुसार आजको बैठकमा नेता बामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहनेछ । यसअघि नेता गौतमले शुक्रबार आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताउनुभएको थियो ।

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद नारदमुनी रानाकाअनुसार विहान १०ः३० बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments