Sat. Jul 27th, 2024

कास्की २ मा विद्या भट्टराई निर्वाचित, विद्यार्थीनेतृदेखि सांसदसम्मको जिम्मेवारी

काठमाडौं, २०७६ मंसिर १५ गते आईतबार ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार तथा पूर्व विद्यार्थीनेतृ विद्या भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जित्नु भएको छ । काश्की-२ मा भएको निर्वाचनमा उहाँले २४ हजार ३ सय ९४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो।  यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो । काश्कीको यो क्षेत्रमा ४५ हजार ५६३ मत खसेको थियो ।

२०७५ साल फागुन १५ गते ताप्लेजुङ मा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाउने तत्कालिन पर्यटन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका लोकप्रीय नेता समेत रहेका रवीन्द्र अधिकारीकी पत्नि विद्या भट्टराई ले मत परिणाम सार्वजनिक भई विजयी हासिल गरे लगत्तै प्रतिक्रिया दिंदै भन्नुभयो- “म काश्की–२को विकासमा समर्पित रहने रहिरहने छु ।”

नवनिर्वाचित साँसद विद्या भट्टराई लगायत मंसिर १४ गते सम्पन्न निर्वाचनमा विजयी हासिल गर्ने सबैलाई भ्वाईस अफ काठमाडौंको तर्फबाट हार्दिक बधाई तथा कार्यसफलताको लागि हार्दिक शुभकामना ।।

Facebook Comments